समाज : अपराध

सुन चोरी गरी फरार युवक पक्राउ
SHARES

भदौ २५, २०७६

    सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो लिखुपिके गाउँपालिका–३ का करिब २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्।

    स्थानीय सावित्री राजभण्डारीको घरबाट सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

    बस्नेतले सावित्रीको घरबाट एक तोला सुनको सिक्री, एक तोलाको आंैठी, आधा तोलाको अर्को औंठी र केही रकम चारेका प्रहरीको भनाइ छ। उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हवल्दार विनोद केसीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा तामाखानीकै जस्ते होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

    उनको साथबाट लागु औषध गाजा समेत बरामद भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]