|

काठमाडौं :  बुधबार सुनको मूल्यमा स्थिर रहेको छ। नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदी तोलामा भने मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.