|

पर्सा :  आफ्नै घरको बिजुलीको तारबाट करेन्ट प्रवाह भई घाइते पर्साका एक बालकको मृत्यु भएको छ। जिल्लाको धोविनी गाउँपालिका-२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठाको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 

उपचारको लागि सुरुमा पोखरिया अस्पतालमा ल्याइएका बालकलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइदै थियो। उनको बाटोमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक शर्माले भने।

यस्तै, मंगलबार साँझ वीरगन्जको नगवा पोखरीमा मृत फेला परेका अपरिचित व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन। अन्दाजी ३५⁄४० वर्षीय जस्तो देखिने मृतक पुरुषको अझै पहिचान खुल्न नसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक शर्माले बताए। शवलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.