|
प्रतीकात्मक फोटो

गुल्मी : गुल्मीमा जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन्। जिल्लाको रेसुंगा नगरपालिका-२ का वडाअध्यक्ष उदयबहादुर थापा बा१८च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएक हुन्।

वडाअध्यक्ष थापा बुधबार दिउँसो लु४१प ३९०३ नम्बरको मोटरसाइकलमा तम्घासबाट घरतर्फ जाँदै गर्दा उदिनढुंगामा जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले बताए। जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, तम्घासमै टेम्पोबाट खसेर एकजना महिला घाइते भएकी छन्। जिल्लाको रेसुंगा नगरपालिका-९ बाट तम्घास बसपार्कतर्फ आउँदै गरेको लु१ह २४५१ नम्बरको टेम्पोबाट खसेर ५८ वर्षीय सेती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते सुनारलाई तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) घलेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.