|
फाइल फोटो

रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्न इच्छुक एवं योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअुनसार उच्च शिक्षा अध्ययनका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने भएको हो।

जसका लागि नगरपालिकाले विषयगत कोटा निर्धारण गरी छनोटका लागि दरखास्त आह्वान गरेको छ। जसमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र फार्मेसीमा २ जना, मेकानिकल इन्जिनियर, सिविल इन्जिनियर र इलेक्ट्रिकल ३ जनालाई जनही दुई लाख छात्रवृत्ति उपलब्ध गराइने नगर प्रमुख गोर्ख बहादुर केसीले बताए।

उनका अनुसार तीनवर्षे पशु तथा कृषि प्राविधिक २ जना, कानुनमा स्नातक तह १ जना र तीनवर्षे सूचना प्रविधिमा २ जना विद्यार्थीलाई पनि जनही दुई लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने छ। छात्रवृत्ति प्राप्त गर्न कक्षा १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको एवं आठविसकोट नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ भने सम्बन्धित विषयमा छात्रवृत्ति, पूर्ण वा आंशिक शुल्कमा अध्ययन गर्ने गरी मान्यता प्राप्त शिक्षण संस्थामा नाम निकालेको हुनुपर्ने नगरपालिकाले जनाएको छ।

यस्तै, विद्यार्थीले आठविसकोट नगरपालिका छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७४ पूर्णरूपमा पालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ। छात्रृत्ति प्राप्त गर्नका लागि इच्क्षुक तथा योग्यता पुगेका विद्यार्थीलाई आगामी असोज ६ गतेभित्र नगरपालिका कार्यालयमा दरखास्त पेस गर्न नगरपालिकाले अनुरोध गरको छ। नगरपालिकाले यसअघि पनि पाइलट पढ्न फिलिपिन्स गएका दुई जना युवालाई शैक्षिक ऋण उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.