|
फाइल फोटो

हेटौंडा : प्रदेश ३ मा डेंगुको कारण ३ जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ७६ मा संक्रमण देखिएको छ। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले दिएको बुधबारसम्मको तथ्यांकअनुसार चितवनमा २ जना र सिन्धुपलाञ्चोक घर भएका एकजनाको काठमाडौंमा मृत्यु भएको छ।

प्रदेश ३ को ५ वटा जिल्लामा भने डेंगुको प्रकोप नभएको मन्त्रालयले पुष्टि गरेको छ। यसअघि मन्त्रालयले रहेको बताए पनि डेंगु संक्रमित नागरिक सम्बन्धित जिल्लाको भएता पनि बसोबास काठमाडौंमा भएकोले ५ वटा जिल्लामा डेंगुको संक्रमण नरहेको मन्त्रालयले जनाएको हो।

प्रदेश ३ को दोलखा, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक जिल्लामा डेंगुको संक्रमण नरहेको बताएका छ। बुधबारसम्म प्रदेशको चितवनमा १ हजार ४ सय ६० काठमाडौंमा १ हजार ३ सय ४५, मकवानपुरमा ७ सय २८, ललितपुरमा १ सय ५, भक्तपुरमा ९, धादिङमा २३, काभ्रेमा ६ र नुवाकोटमा २ जनामा डेंगु भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

सबै जागौँ, सबै लागौँ अभियान

प्रदेश ३ सरकारले शनिबार बिहानदेखि कार्तिक मसान्तसम्म “सबै जागौँ, सबै लागौँ वरिपरिको जमेको पानी हटाई डेंगु भगाऔँ” अभियान चलाउने भएको छ। अभियानअन्तर्गत प्रदेश भरिका सम्पूर्ण स्थानीय तह, राजनीतिक दल, संघ संस्था, टोल सुधार समिति र अन्य सबै व्यक्तिलाई प्रत्येक बिहान एक घण्टासम्म आफ्नो घर/ कार्यालय वरिपरि १ सय मिटरसम्मको दूरीमा “खोज र नष्ट गर” भन्ने अभियान सरिक बनाउने भएको छ।

प्रदेश सरकारले डेंगु नियन्त्रणमा सरकारले नीति ल्याउने भन्दा पनि फिल्डमा सबैलाई उतार्ने काम गरे नियन्त्रण हुन सक्ने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए। उनले प्रदेशका सम्पूर्ण नागरिकलाई डेंगु नियन्त्रणमा सक्रिय हुन आग्रह गरे। उनले पाउडर छरेर मात्र डेंगु नियन्त्रण नहुने भन्दै यसका लागि खोजी गरेर नष्ट गर्नुको विकल्प नरहेको बताए। प्रदेश सरकार डेंगु नियन्त्रणमा पूर्णरूपमा लागेको मन्त्री दुलालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.