|
फाइल फोटो

सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका-२ सुर्केको १ घरमा आगलागी हुँदा करिब रु. ५० लाख बराबरको क्षति भएको छ। बुधबार विहान करिब पौने १२ बजे स्थानीय रोमन राईको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरभित्र रहेको १ तोला सुन, २ सय ५० थान प्लाइउड, एक थान जस्ता, लत्ता कपाडा तथा भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा घरधनी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। घाइते राईको निकोनिकिल अस्पताल लुक्लामा उपचार भइरहेको छ।

आगो प्रहरी र स्थानीयको सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगो के कारणले लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.