|
फाइल फोटो

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका बुधबार चमेलिया नदीमा मृत फेला परेकी छन्।  मृत फेला पर्नेमा  डिलाशैनी गाउँपालिका २ अमरखेतकी  १० वर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीर सिंह चैसिरले जानकारी दिए।

मंगलबार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी सोबीलाई खोलाले बगाएको थियो। गन्नीगाड खोलाले बगाएर बेपत्ता बालिकाको खोजी गर्दै जाँदा बुधबार बेलुका ६ बजे डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा मृत फेला परेकी हुन्।

मृतक बालिकाको शव परीक्षणको लागी गोकुलेश्वर अस्पताल ल्याउने तयारी भएको प्रहरीले  जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.