|

म्याग्दी :  कालिगण्डकीको कटानका कारण सडक भासिएपछि गत आइतवारदेखि अवरुद्ध बनेको बेनी –जोमसोम सडक बुधवार साँझबाट सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत  म्याग्दी र मुस्ताङको सीमाना घोप्टेभिरमा नदी कटानका कारण अवरुद्ध बनेको सडक नेपाली सेनाको सहयोगमा विष्फोटक पर्दाथ प्रदार्थ प्रयोग गरेर सञ्चालनमा ल्याइएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् स्थानीय पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले जानकारी दिए।

‘विष्फोटक पदार्थको प्रयोग गरी पहरो फुटाएर सडक सञ्चालनमा ल्याएका छौं, शेरचनले भने ‘भिरबाट ढुङ्गा खस्न सक्ने सम्भावना रहेकोले यात्रु र सवारी साधनका चालकलाई सावधानी अपनाउन आग्रह गरेका छौं। अविरल वर्षाले अवरुद्ध सडकमा डोजर, स्काभेटरका साथै नेपाली सेनाको टोलीले विष्फोटक पदार्थको प्रयोग गरी संचालनमा ल्याइएपनि सडकखण्डका विभिन्न स्थानमा हिलाम्ये र पहिरोको जोखिम रहेको छ। 

कालिगण्डकी नदी कटानका कारण १० मिटर सडक बगेको थियो। अफठ्यारो भुगोलमा सडक भासिएपछि यातायातलाई सुचारु गर्न निकै कठिनाई भएको थियो।
सडक खुलेसँगै मुस्ताङ भ्रमणमा जाने र फर्किने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणलाई सहज भएको छ। मुस्ताङलाई राष्टिय राजमार्गसंग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको सडकखण्ड रहको शेरचनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.