|

किर्गीस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानको सामना गर्दै छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेलमा नेपालले अपरान्ह पौने ४ बजे बलियो प्रतिद्धन्द्विविरुद्ध उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ।

प्रतियोगितामा पहिलो पटक सहभागि नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल सम्मको यात्रा तय गर्न सफल भयो। तर फाईनलमा नेपालले फिफा वरियतामा आफूभन्दा बलियो उज्वेकिस्तानसँग सम्यमित भएर प्रस्तुत हुने छ। फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ। अर्थात नेपालले आफु भन्दा ५७ स्थान माथि रहेको उज्वेकिस्तानलाई पराजित गर्नु चुनौतीपुर्ण हुने छ।

पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समूह चरणमा उज्वेकिस्तानसँग ब्यहोरेको हारको बदला लिने अवसरका रुपमा समेत यो प्रतियोगिता रहने छ। समूह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो। गोलरक्षक र डिफेन्समा भएको गल्तीको फाइदा उज्वेकिस्तानले उठाएपनि अब भने नेपाली टिम केहि सम्यमित हुने पक्का छ।

फिफा बरियतानै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेज्दा कप आयोजना गरेको हो। राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोल अन्तरले हारेको नेपाल अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी उनले अन्तिम खेलमा समेत एक गोल गर्न सफल भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.