|

पोखरा : गोरखाको मनकामनामा मनकामना मन्दिर अवस्थित छ। त्यही मन्दिर जान केबलकार सञ्चालनमा छ। नेपालकै पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालि २१ वर्ष भइसकेको छ। 

मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना दर्शन गर्ने गरेका छन्। वार्षिक रुपमा १० लाखले केबलकार चढेको मनकामना दर्शन प्रालिको आँकडा छ। मनकामना जाने धार्मिक पर्यटकमा स्वदेशीका साथै विदेशी पर्यटकको संख्यामा पनि वृद्धि भएको छ।

मनकामना दर्शनका लागि आउने धेरै भक्तजनमा भारतीय भत्तजन धेरै छन्। दर्शनार्थीको चापलाई व्यवस्थित गर्न केबलकारको तल्लो स्टेशन (चितवनतर्फको कुरिनटार) मा ३ वटा टिकट काउन्टरको व्यवस्था गरेको छ भने नदी किनारमा पिकनिक स्टेसन, खानेपानी र शौचालयको राम्रो व्यवस्था गरिएको छ। केबलकार स्टेसनमा अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट र २ वटा पार्किङस्थल छन्।

यो वर्ष मात्रै ११ लाख बढी यात्रु

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ११ लाख ६३ हजार २३ जना यात्रुले केबलकारको यात्रा गरेको चितवन कोइ ग्रुपका भरत रावलले जानकारी दिए। केबलकार चढ्न आउने तीर्थयात्रीहरूको संख्या वर्षेनी बढ्दो छ।

स्थानीयलाई छुट, गाउँपालिकालाई कमाइको २ प्रतिशत

त्यस्तै, स्थानीयलाई ८० प्रतिशत छुट, दुई गाउँपालिकालाई वार्षिक कमाईको एक/एक प्रतिशत गोरखाको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई दिँदै आएको छ। यो वर्ष भ्याटबाहेक ६७ करोड १० लाख १६ हजार सातसय ७२ रुपैयाँको कारोबार गरेको छ। 

प्राय सधैं भिड

केबलकार चढेर मनकामना दर्शनका लागि जानेहरुको प्रायसधैँ केबलकारको स्टेशनमा भिड नै लाग्छ। तर, शनिबार दर्शनार्थीहरुको अत्यधिक भिड लाग्ने गरेको छ। मनकामना दर्शनका लागि मंसिर, माघ, फागुन, वैशाखमा अत्यधिक चाप हुने गरेको छ। दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता बिस्तार पनि गरिएको छ। अहिले केबलकारको ३४ डब्बाले मान्छे ओसार्छ। भने ३ वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ।

केबलकार सञ्चालनपछि स्थानीयको जीवस्तरमा समेत परिवर्तन आउनुका साथै विकास निमार्णका काम पनि अघि बढेको छ।

यसरी बनेको थियो मनकामना केबलकार

गोरखाका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठले २०५५ सालमा ५३ करोडको लागतमा केबलकार स्थापना गरेका थिए। मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलबारको उद्घाट २०५५ साल मंसिर ८ गते तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए।

लक्ष्मणबाबुले गोरखा चितवन आउजाउ गर्नेबेलामा डाँडाडाँडामा डोरी टाँगेर फुत्त जान पाए हुने कल्पना गर्थे। उनी व्‍यापारकै सिलसिलामा युरोपको विभिन्न देशमा पुगे। त्यहाँ उनले डोरी टाँगेर डाँडाडाँडा उक्लने देखेको सपना विपनामै देखे। केबलकार गुरुरु कुदेको। युरोपबाट फर्किंदा उनलाई पनि नेपालमा केबलकार बनाउन रहर लाग्यो। परिणामस्वरूप नेपालमा पहिलोपटक केबलकार सञ्चालनमा आयो। त्यो हो मनकामना केबलकार।

उनका व्‍यवसायी साथीहरूले नै यो नगर तिम्रो व्‍यापार डुब्छ पनि भने। तर, उनले  आफ्नो लगनशीलता र सफल हुने विस्वास लिएर काम गरेकोले साथीहरुको कुरा सुने मात्र तर कार्यान्वयन नगर्ने नीति अपनाए।  अन्तत उनी नै नेपालमा पहिलो केबलकारको सञ्चालक मालिक बने। २०७० फागुन १ गते उनको निधन भइसकेको छ।

मनकामनामा पहिलोपटक व्यावसायिक केबलकार सञ्चालनमा आएपछि नेपालका अन्य स्थानमा पनि केबलकार सञ्चालन गर्न यो अध्ययन गरियो। काठमाडौंको चन्द्रागिरिमा त अहिले केबलकार नै सञ्चालनमा आइसक्यो। कास्कीको सराङकोटमा आगामी असोजमा सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.