स्वास्थ्य

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन तत्काल नहुने
SHARES

भदौ २६, २०७६

    काठमाडौं :  डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि  समायोजनको पत्र पाइसकेका स्वास्थ्यकर्मीहरुलाई समेत यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो।

    मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति बिदा, अध्ययन बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ।

     हालसम्म काठमाडौं लगायतका ४८ जिल्लामा डेंगुले माहामारीकै रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार  स्वास्थ्य संस्थामा  डेङ्गु रोग  परीक्षण गराउन आउने बिरामीको सङ्ख्या अत्यधिक मात्रामा वृद्धि भइरहेको छ। वैशाख महिनायता करिब ७० हजारले सो रोगका बारेमा स्वास्थ्य परीक्षण गराएका  थिए। तीमध्ये करीब पाँच हजार १०० मा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका र छ जनाको मृत्यु समेत भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]