राजनीति

नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता
SHARES

भदौ २६, २०७६

    काठमाडौं :    आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो।

    नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको पत्र पार्टीको निर्वाचन विभाग प्रमुख ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाललगायतको टोलीले आयोगमा पत्र दर्ता गराएको हो।

    आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरी पत्र दर्ता गरिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहहरुमा रिक्त रहेका पदहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

    दल दर्तासँगै नेकपाले उपनिर्वाचनको आन्तरिक तयारी पनि अघि बढाएको छ। नेकपा २०७४ को निर्वाचनपश्चात् एकीकरण भएर बनेको दल भएकाले उपनिर्वाचनका लागि आयोगमा दर्ता हुनुपरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]