विश्व

लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच कुटाकुट

भदौ २६, २०७६

    एजेन्सी : लामो समयदेखि विवादित भूमि लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच कुटाकुट भएको छ। भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका अनुसार लद्दाखस्थित भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच संघर्ष भएको हो।

    टाइम्स अफ इन्डियाले आफ्नो स्रोतलाई उल्लेख गर्दै बिहीबार लेखेको समाचारअनुसार बुधबार पूर्वी लद्दाखमा भारत र चीनका सैनिक भिडेका हुन्। दुई देशका सेनाबीच धेरै बेरसम्म धक्का-मुक्का चलिरहेको स्थानीयले बताएका छन्। 

    यो घटना प्याङ्गोङ्ग तालको उत्तरी किनारमा भएको हो। जसको दुईतिहाइ भाग चीनको नियन्त्रणमा छ। रिपोर्टअनुसार भारतीय सैनिक गस्तीमा थिए। त्यही क्रममा उनीहरूको जम्काभेट चिनियाँ पिपुल्स लिबरेसन आर्मीका जवासँग भएको हो।

    चिनियाँ सैनिकहरूले यस क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको कडारूपमा विरोध जनाएका थिए। त्यसपछि दुवैबीच धक्का-मुक्का सुरू भएको हो। यो कुटाकुटपछि त्यहाँ दुवै देशले आफ्ना सैनिकको संख्या बढाएका छन्। 

    बुधबार साँझसम्म पनि दुवैपक्षबीच कुटाकुट चलेको टाइम्स अफ इन्डियाले जनाएको छ। पत्रिकाले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार तनावपछि भारत र चीनबीच ब्रिगेडियरस्तरको द्विपक्षीय बार्ता गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]