|

धनगढी : हावाहुरी पीडितलाई उपलब्ध गराइएको राहतमा विभेद भएको भन्दै धनगढी उप–महानगरपालिका १४ को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ। जेठ २३ गतेको हावाहुरी पीडितलाई उपलब्ध गराइएको राहतमा विभेद भएको भन्दै वडा नम्बर १४ का हावाहुरी प्रभावितहरूले वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

बिहीबार आन्दोलनरत पक्ष, उपमहानगरपालिका, रेडक्रस, राजनीतिक दल लगायतका व्यक्तिहरूबीच सहमति भएपछि तालाबन्दी खुलेको हो।

वडा कार्यालयले पूर्ण क्षति भन्दै सिफारिस गरेका व्यक्तिहरूले आंशिक क्षतिको राहत पाएको र आंशिक क्षति भएकाहरूले राहत नपाएको भन्दै स्थानीय मंगलबारदेखि आन्दोलित भएका थिए। आठ सय ६४ जना पीडित मध्ये एक सय ५४ जनाले मात्रै  राहत पाएको उनीहरूको गुनासो छ।

हावाहुरी पीडितको विवादलाई समाधान गर्न बिहीबार बसेको सर्वदलीय बैठ्कले सहमति जुटाएको हो। राहत नपाएकाहरूको विषयमा आवश्यक छानबिन गरेर उनीहरूलाई राहत उपलब्ध गराउने सहमति भएपछि बिहिबारनै वडा कार्यालयको ताला खुलेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.