|

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका थालावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियाट्सबीच भएको खेलमा धेरै रेकर्ड तोडिएका छन्।

जमैकाले २० ओभरमा चार विकेट गुमाएर २४१ रन बनायो। क्रिस गेलले ७ चौका र १० छक्काको मद्दतमा ६२ बल खेल्दै ११६ रन बनाउन सफल भए। 

यो उनको टी-२० करियरको बाइसौँ सतक हो। जवाफमा सेन्ट किट्सले १८.५ ओभर ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

 यो टी-२० इतिहासमै दोस्रो बढी लक्ष भेट्टाएको खेल हो। डेवन थोमसले ७१ रन बनाए। खेलमा दुवै टिमले कुल ३७ छक्का हाने। यो कुनै पनि टी-२० क्रिकेट म्याचमा नयाँ रेकर्ड हो। 

टी-२० मा कुनै पनि अरू खेलाडीले क्रिस गेलको आधा पनि सतक हान्न सकेका छैनन्। उनले २२ सतक हान्दा अस्ट्रेलियाका माइकल क्लिन्जरले ८ र अस्ट्रेलियाकै एरोन फिन्चले ७ वटा सतक हानेको रेकर्ड छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.