|

काठमाडौं : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै सांसद गौतमले आफ्नो पदबाट स्वास्थ्यमन्त्री यादवले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।

सभामुख कृष्णबहादुर महराले डेंगुको विषयमा सरकारको तर्फबाट मन्त्री यादवलाई तत्काल जवाफ दिन रुलिङ गरेपछि बोलेका सांसद गौतमले संसद र सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका हुन्। उनले दुई तिहाईको सरकारले काम नगर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्। यो सरकारले जनताको काम गर्न नसके अरु कसैले नसक्ने भन्दै सांसद गौतमले उक्त आवाज उठाएका हुन्।

सांसद गौतमले भने, 'सामान्य रुलिङले मात्रै हुँदैन, स्वास्थ्यमन्त्रीको राजीनामाको माग गर्दछु। सरकार मुकदर्शक बनेर बस्न हुँदैन। तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ। मन्त्री र तीन हजार जनता बिरामी छन्, स्वास्थ्यमन्त्री मौन छन्। त्यसकारण म स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु।'

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.