|

बाजुरा : बाजुरामा एक महिनाको अवधिमा दुई सुत्केरी महिलाको मृत्यु भएको छ। बडिमालिका नगरपालिका-७ जिल्लीकी वसन्ती नेपाली र बुढिनन्दा नगरपालिका १० निर्मला बोहोरा छन्।

दुवै महिलाको सुत्केरी अवस्थामा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो। बुधबार सुत्केरी भइसकेपछि उक्त रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा बोहाराका मृत्यु भएको हो। मृत्यु भएकी बोहराले दुई वर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गराएर बच्चा जन्माएकी थिइन्। यो बच्चा जन्मिन दुई दिन मात्र बाँकी रहेको थियो। उक्त बच्चा मृतक अवस्थामा जन्मिसकेको थियो। 

सुत्केरी बोहरा सुरक्षित सुत्केरी सेवा लिनका लागि ३ महिना अगाडि देखि नै जिल्ला सदरमुकाम मार्तडीमा आएकी आफन्तले बताएका छन्। यता सुत्केरी महिलाको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहराको शरीरबाट अत्यधिक रक्तश्राव भएका कारणले मृत्यु भएको बताएको छ।

बोहोरालाई भ्याकुममार्फत बच्चालाई जन्माउँदासम्म सुत्केरी महिलाको अवस्था धेरै जटिल नरहेको र एक्कासि उच्च रक्तश्राव भएको डाक्टर महर्जनको बताए।डाक्टर मर्हजनल भने,'एकाएक सुत्केरी महिला बोहरालाई अत्याधिक रक्तश्राव भएपछि उपचार गर्दा गर्दै मृत्यु भएका हो।' 

भदौ ७ गते बडिमालिका नगरपालिका ७ जिल्लीकी वसन्ती नेपालीको सुत्केरी अवस्थामै मृत्यु भएको थियो। भ्याकुममार्फत सुत्केरी गराएको एक घण्टामै रक्तश्रावका कारण उनको मृत्यु भएको थियो। आधा महिनामा दुईजना सुत्केरी महिलाको मृत्यु भएको छ।

सुत्केरी महिला नेपालीको उपचारका क्रममा मृत्यु भएको समस्या समाधान भएको एक महिना नबित्दै पुन अर्को महिलाको मृत्यु भएको हो। यो जिल्लाको दोस्रो घटना हो। सुत्केरी महिलाको अवस्था सामान्य भए पनि एकाएक रक्तश्राव भए पनि रगत दिन नपाउँदै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताए।

'रगत बगेपछि रगतको खोजी गर्‍यौँ रगत दिने थुप्रै मान्छे आइसकेका थिए। तर रगत दिन नपाउँदै मृत्यु भयो' बिश्वकर्माले भने। यसरी दुई सुत्केरी महिलाको जिल्ला अस्पतालमा एक महिनामै  मृत्यु भएपछि जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी गराउन आउने अन्य महिलासमेत सशंकित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.