|

काठमाडौं : खुद्रा व्यापारीहरूले दशैं, तिहार छठ लगायतका पर्वमा आफ्ना पसलहरूबाट छुट दिन सक्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। बिहीबार काठमाडौै चेम्बर अफ कमर्शले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गरेको कार्यक्रममा व्यपारीहरूले यस्तो माग गरेका हुन्। 

'हामी एक वस्तुका बिक्रेता छौँ, हजार वस्तुका खरिदकर्ता हौँ, चाडपर्व समयमा हामीले सरकारले सहुलियत पसलमा दिएको छुट बराबरको छुट दिने व्यवस्था गरिदिनुपर्‍यो' खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने।

उनले २० प्रतिशतभन्दा बढी नाफा राखेको अवस्था कालोबजारी ऐनको व्यवस्था गरिएको तर कपाडा पसलेहरूले ५० प्रतिशत छुटका योजना अघि सारेको सवालमा समेत विभागको ध्यानाकर्षण गराएका छन्। 'हामी खाद्य व्यापारीलाई त २० प्रतिशतभन्दा बढी नाफा राख्दा कालोबजारी ऐन लाग्छ, कपडा व्यापारीले ५० प्रतिशत छुट कसरी दिएका छन्' श्रेष्ठले भने। 

नेपाल चम्बर अफ कमर्शका सदस्य देवेन्द्रलाल श्रेष्ठले प्रत्येक पसलहरू छुट दिन सक्ने गरी व्यवस्था मिलाउनको लागि आग्रह गरेका छन्। 'सरकारको तर्फबाट कति प्रतिशत छुट दिन सकिन्छ, उद्योगले कति दिने हो, अनि व्यापारीले कति दिने हो' यसरी छुटको व्यवस्था गरौँ श्रेष्ठले भने, 'उपभोक्ता उपभोक्ता बिचमा भेदभाव गर्नु राम्रो हैन।'

नेपाल ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले चाडपर्वको समयमा उपभोग्य सामग्री मूल्य बढ्ने र सामानको तौल घट्ने कार्य भएको भन्दै अनुगमनको लागि विभागलाई आग्रह गरेका छन्। 'तौल घटाउने मूल्य बढाउने भएको छ विशेष रूपमा चासो जाओस्' थापाले भने। 

विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारलाई स्थिर राख्नको लागि सीमित ठाउँमा सहुलियत पसल राखिए पनि आगामी वर्षबाट देशैभर छुट दिनेगरी व्यवसथा मिलाउन  पहल गरिने प्रतिबद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.