|
फाइल फोटो

काठमाडौं : नेपाल सरकारले आफ्नो परराष्ट्र नीतिमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ।

नेपाल सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिमा कुनै पनि परिवर्तन नगरेको बताएका हुन्।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपालले विगतदेखि अभ्यास गर्दै आएको परराष्ट्र नीतिमा कुनै पनि परिवर्तन नगरेको जानकारी दिएका हुन्। अमेरिकी नेतृत्वको इन्डोप्यासिफिक समूहमा नेपाल संलग्न छ कि छैन र यसबारे सार्वजनिक बहसमा आएका विषयबारे सरकारको धारणा के हो? भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले भने, 'स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्रहरूसँग सचेत भएरै व्यवहार गर्छौँ र गर्दै आएका छौँ। परराष्ट्र नीतिबारे नेपाल सरकारका पूर्ववर्ती मान्यताहरूमा कुनै विचलन र परिवर्तन आएका छैनन्।'

नेपालले असंगल्न परराष्ट्र नीति अंगाल्दै आएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको भेटमा नेपाल इन्डोप्यासिफिकमा संलग्न नरहेको बताएका कुरा सार्वजनिक भएका थिए। जसलाई लिएर अमेरिकाले नेपाल सरकारको धारणा माग गरेको पनि खबरहरू सार्वजनिक भएका थिए। यसबारे सरकारका प्रवक्ता बाँस्कोटाले स्पष्ट पारेका हुन्।  

यो विषय संसदमा पनि उठेको थियो।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.