|

काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैंमा काठमाण्डौंबाट बाहिर जानेहरूका लागि आगामी असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने जानकारी दिए। उनका अनुसार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच  बिहीबार भएको छलफलमा टिकट बुकिङ असोज ५ गतेदेखि खोल्ने सहमति भएको छ।

भाडा समायोजनको विषयमा भने कुनै छलफल नभएको र यसको जिम्मा सरकारलाई दिँदै ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको महासंघका प्रवक्ता सरोज सिटौलाले बताए।

'भाडा समायोजनको विषय सरकारलाई जिम्मा दिएका छौं, हामीले केही पनि उठाएका छैनौं' सिटौलाले भने, 'देशभर बिग्रिएका सडक मर्मतलाई जोडदार रूपमा उठाएका छौं, ग्रामीण सडकदेखि राजमार्गका सबै खाल्डाखुल्डी तीव्र रूपमा पुरियोस्, आवागमनलाई बाधा नपुर्‍याई टिकट काटेर भद्रगोल हुन नदिने कुरामा सरकारले ध्यान पुर्‍याओस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.