|

काठमाडौं : टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कर विवादमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुख खोलेका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले बिहीबार सामाजिक संजाल ट्विटरमार्फत एनसेल कर विवादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले एनसेल कर छलीमा ४० अर्बको चलखेल भएको दाबी गरेका छन्।

अध्यक्ष थापाले सर्वोच्च अदालतले पनि भ्रष्टाचारीलाई नै फाइदा गरेको बताएका छन्। उनले भनेका छन्, 'एनसेल करछली नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो। करिब ४० अर्बको चलखेल छ। यसबारे सर्वोच्च अदालतको पछिल्लो फैसलाले भ्रष्टाचारीलाई नै सघाउ पुर्‍यायो।'

एनसेल करछलीमा कसले चलखेल गरेको हो भन्ने स्पष्ट नपारेका अध्यक्ष थापाले संसद र जनताले नै यो मुद्दामा अन्तिम फैसला दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, 'अब संसद र जनता नै अन्तिम विकल्प हो। राप्रपाले यो भ्रष्टाचार काण्डबारे सदनदेखि सडकसम्म आवाज उठाउने छ।'

एनसेल करछलीमा सर्वोच्च अदालतले फैसला सुनाएपछि संसददेखि सार्वजनिक फोरमसम्म बहस भइरहेको छ। उक्त प्रकरणमा संलग्न न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने सम्मका आवाज पनि उठिरहेका छन्। उक्त प्रकरणमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ आउन भने बाँकी नै छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.