|

काठमाडौं : काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने विदेशी पाहुनालाई उपहारस्वरूप छाता दिने भएको छ। पाहुनालाई खाली हात स्वागत गर्नभन्दा केही दिएर स्वागत गरेमा शोभा बढ्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताए। ४५ जना पाहुनालाई उपहारस्वरूप एउटा छाता, डायरी, कलम र ऐतिहासिक सम्पदाको फोटो सहितको ब्रोसर दिन लागिएको हो।

पाहुना भनेको हाम्रो भगवानसरह रहेको प्रमुख शाक्यले बताए। पाहुनालाई स्वागत गर्नु भनेको देशको इज्जत र गरिमा समेत बढाउनु रहेको उनको भनाइ छ। अहिले आएको पाहुनालाई स्वागत गरेर खुसी बनाएमा भ्रमण वर्ष २०२० मा अझ धेरै पर्यटक आउने उनको विश्वास छ।'

इन्द्रजात्रामा विदेशी पाहुना बोलाएको यो पहिलो पटक हो,' उनले भने। काठमाडौं सहर महानगरपालिका भित्र रहेकोले यसको उचित तरिकाले प्रचार-प्रसार गरी विदेशी पाहुनासम्म पुर्‍याउनु महानगरपालिकाको दायित्त्व हुन आउने उनको भनाइ छ।

काठमाडौं महानगरपालिका भित्र बढी ऐतिहासिक धरोहर भएकोले महानगरले विदेशी पाहुनालाई स्वागत र खुसी बनाउनु पहिलो दायित्व महानगरको रहेको उनको भनाइ छ। पाहुनाको होटलमा बसाइ र खानको सम्पूर्ण व्यवस्था महानगरले गर्ने उनले जानकारी दिए। 'आजदेखि पाहुना आउने छन्,' उनले भने,' उनीहरूको लागि कुनै सेवा सुविधाको कमी गरिन्न।' छ देशको मुख्य सहरका पाहुनाहरू आउने उनले प्रष्ट पारे।

अर्को वर्षको इन्द्रजात्रामा अझ बढी देशको पाहुनालाई बोलाइने उनले थाहा खबरलाई बताए। यसले नेपालको संस्कृति विदेशमा प्रचार-प्रसार गर्नको लागि सहयोग पुर्‍याउने उनको दाबी छ। संस्कृतिहरू आदानप्रदान हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.