खेलकुद

नाडेज्दा कप फाइनल : उज्वेकिस्तानसँग नेपाल पराजित
SHARES

भदौ २६, २०७६

    काठमाडौं : नेपाल नाडेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपाधिबाट वञ्चित भएको छ।

    किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै उपाधी चुम्नबाट वञ्चित भएको हो।

    सावित्रा भण्डारीले २ गोल गरे पनि बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्न नसक्दा नेपाल उपविजेतामै सीमित भएको हो। 

    प्रतियोगिता अवधिभर सावित्राले व्यक्तिगत ७ गोल गरिन्। पहिलो खेलमा ४ गोल गरेकी सावित्राले ताजकिस्तानविरुद्ध १ गोल गरेकी थिइन्।

    यो नेपालले प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएको हो।

    नेपाल समूह चरणको खेलमा पनि फिफा वरियतामा आफूभन्दा बलियो टोली उज्वेकिस्तानसँगै २-० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८-२ को गोल अन्तरले पराजित गरेको थियो भने अन्तिम खेलमा ताजकिस्तानलाई १-० ले हराउँदै फाइनल पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]