|

काठमाडाैं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संविधानको भावना विपरित प्रदेशको अधिकार कटौती हुने गरी ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालत जाने चेतावनी दिए। 

मुख्यमन्त्री राउतले संविधान विपरित संघीय सरकारले ल्याएको विधेयक स्वतहः खारेज हुने संवैधानिक व्यवस्था भएकाले पनि संविधान विपरित हुने गरी प्रदेश सरकारसँग सम्बन्धित संघीय सरकारले ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिए।

बिहीबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संघीय सरकारले आवश्यक वातावरण नबनाएकाले प्रदेश सरकारले कामै गर्न नसकेको तर्क पनि गरे।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई दिएको वन व्यवस्थापन गर्ने अधिकार कटौती हुने गरी संघीय सरकारले वन विधेयक ल्याएको दृष्टान्त पेश गर्दै यसलाई खारेज गराउन अदालत जानुको विकल्प नरहेको पनि स्पष्ट पारे।

मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गए पनि सोही अनुसारको मानसिकता संघीय सरकारले नरहेको दावी गर्दै असन्तुष्टि पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.