|

पृथ्वीमा सबैभन्दा विनाशकारी दिन कुन थियो होला? अनुमान लगाउनुस्। 'पहिलो, दोस्रो विश्वयुद्धका दिन भन्न सक्नुहुन्छ। हामीले सुनेअनुसार ती भयानक दिन थिए मानवजातिका लागि। 

यद्धपि यो धर्तीकै लागि यस्तो प्रलय जसले आधाभन्दा बढी भूभागमा वितण्डा मच्चाएको दिन भने करोडौं वर्ष अघिको हो। जसमा परेर लाखौं करोडौं जीवहरूको अन्त्य भयो। त्यसमा पनि हामीले थाहा पाएअनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो जनावर डाइनोसरको अस्तित्व नै मेटियो। झण्डै ६ करोड ६० लाख वर्ष अघिको त्यो प्रलय आएको दिन। 
वैज्ञानिकले यसरी पत्ता लगाए 

वैज्ञानिकहरूले पृथ्वीमा सबैभन्दा विनाशकारी दिनमध्ये एकका बारेमा नयाँ तथ्य भेट्टाएका छन्। उनीहरूले मेक्सिकोको खाँडीमा भेटिएको १ सय ३० मिटरको चट्टानको एउटा टुक्रा परीक्षण गरेका छन्। उक्त चट्टानमा ६ करोड ६० लाख वर्षअघि एउटा ठूलो क्षुद्रग्रह (एस्टोराइड) हाम्रो पृथ्वीसँग ठोक्किएपछि जमेका तत्वहरू फेला पारिएको छ।

यसको क्षुद्रग्रहको ठक्करबाट जति ऊर्जा निस्कियो त्यो हिरोशिमामा खसालिएको एटम बमभन्दा १० गुना धेरै थियो भनिन्छ। क्षुद्रग्रह ठोक्किएपछि सयौँ माइल परसम्म आगोको लप्का फैलिएको थियाे। त्यो ठोक्काइले समुद्रमा सुनामीको प्रलयकारी लहर उठ्यो जसले आधा संसार ध्वस्त पारिदियाे।

त्याे प्राकृतिक प्रकोप जसले हाम्रो वायुमण्डलमा आगो लगाइदियो। २५ किलोभन्दा धेरै तौल भएको कुनै पनि जनावर त्यो प्रलयमा परी जिउँदो बच्नै सकेनन्। यो क्षुद्रग्रह धर्तीमा ठोक्किएपछि यहाँका जीवहरूको ७५ प्रतिशत प्रजनन, वंश सदाका लागि नष्ट भए। 

त्यो त्यही उल्कापिण्ड थियो जसका कारण विशालकाय डायनोसर विलुप्त भएको वैज्ञानिकहरूको अनुमान छ। सो प्रलयका क्रममा डाइनोसरको सम्पूर्ण वंश नै समाप्त भएको थियो। र अन्ततः डाइनोसरको वंश स्तम्भहरूमा परिणत हुन पुग्याे। डाइनोसरको वंश नै नास हुने गरी भएको त्यो प्रलयएपछि जमेका केही तत्वहरू नै वैज्ञानिकहरूले चट्टानका हुन्। 

त्यस उल्कापिण्ड ठोक्किएको ठाउँमा १ सय किलोमिटरको चौडा र ३० किलोमिटरको गहिरो खाडल बनेको थियो। बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूको एउटा टोलीले खाडल –क्रेटर) को स्थानमा ड्रिलिङ गर्न हप्तौँ लगाएका थिए। करिब २०० किलोमिटरको चौडा खाडल मेक्सिकोको युकाटन प्रायद्विपमा छ। वैज्ञानिकहरूले जुन चट्टानको अध्ययन गरे त्यसले सेनोजोईक युग अर्थात् स्तनधारीहरूको युगलाई प्रमाणित गरेकाे छ।  


चट्टानबाट जे प्रमाण भेटियो
यो चट्ठान भिन्न-भिन्न तत्वहरूको एउटा मिश्रण हो। तर, अनुसन्धानकर्ताहरूले तिनका अव्यवहरूको पहिचान हुनेगरी ती विभाजित भएका थाहा पाए। त्यसकाे तलबाट पहिले २० मिटरमा धेरैजसो काँचदार अर्थात शिशाजन्य अवशेषहरु छन्। जुन तातो र ठक्करको दबाबका कारण पग्लिएको चट्टानबाट बनेको छ। यसको अर्को भाग पग्लिएको चट्टानका टुक्राबाट बनेको छ। 

डाइनोसरको साढे ६ फिट लामो तिघ्राको हड्डी भेटियो
दक्षिण पश्चिमी फ्रान्समा वैज्ञानिकहरूले विशालकाय डाइनोसरको जाँघ अर्थात् तिघ्राको हड्डी भेट्टाइसकेका छन्। ती वैज्ञानिकहरू झण्डै एक दशकदेखि निरन्तर जीवाष्माको खोज गरिरहेका छन्। दुई मिटर, ६ दशमलव ६ फिटको उक्त हड्डी साँरोपँड डाइनोसरको भएको अनुमान गरिएको छ। 'उक्त डाइनोसर शाकाहारी थियो जसको पुच्छर र लामो गर्धन थियो' खोजकर्ताहरू अनुमान लगाउँछन्।

खोजकर्ताहरूका अनुसार जुरासिक कालको अन्तिम वर्षहरूमा साँरोपाँड सामान्यरूपमा पाइन्थ्यो। त्यो अहिलेसम्मकै सबैभन्दा विशालकाय जनावरमा पर्दछ। यस्ता डाइनोसर १४ सय लाख वर्ष पहिले पाइन्थ्यो जसको तौल ४० देखि ५० टनसम्म थियो भन्ने अनुमान गरिन्छ। 
फ्रान्सकै एक स्थानीय अखवारका अनुसार सन् २०१० मा सोही स्थानमा साँरोपाँडकै एउटा २.२ मिटरको जाङको हड्डी भेटिएको थियो जुन ५ सय किलोको थियो।


सुनामीको तथ्य पनि भेटियो
चट्टानको भित्री भागबाट सुनामीको प्रमाण पनि भेटिएको छ। चट्टानभित्र १३० मिटरमा सुनामीको प्रमाण भेटिन्छ। चट्टानमा जमेको तहहरू भने एउटै दिशामा छन्। वैज्ञानिकहरू यसरी अनुमान लगाईरहेका छन्—प्रलयको प्रभावबाट ठूलो लहर पैदा भएको हुनसक्छ अनि खाडलबाट कैयौं किलोमिटर परको तटतसम्म पुगेको हुनसक्छ। तर, यो लहर फेरि फर्केर आएको र फलरुवरूप चट्टानको माथिल्लो भाग अनौठो पदार्थहरू मिलेर बनेको हुनसक्छ। 

आस्टिनमा टेक्सास विश्व विद्यालयका प्रोफेसर एवं अध्ययनका सहलेखक, शाँ गुलिकले बिबिसीलाई भने, 'यो सबै एक दिनमा भयो।' प्रोफेसर गुलिकको टोलीले त्यहाँ भेटिएका कैयौं प्रमाणहरूको आधारमा सुनामी आउने कुरामा विश्वास गर्छ। चट्टानको माथिल्लो तहमा भेटिएको कोइलाको मिश्रणले क्षुद्रग्रहको ठक्करका कारण उत्पन्न भएको आगो आसपासको ठूलो क्षेत्रसम्म पुगेको प्रमणित गर्दछ।

हावामा सल्फरको के प्रभाव भयो
मन छुने कुरा के हो भने अनुसन्धानकर्ताहरूले अहिलेसम्म चट्टानमा कतै पनि सल्फर भेट्टाएका छैनन्। यो आश्चर्यको कुरा हो किनकि उल्का पिण्ड सल्फरयुक्त खनिजहरूबाट बनेको समुद्री सतहबाट ठोक्किएको हुनसक्छ। कुनै कारण सल्फर वाष्पमा परिवर्तन भएर सकिएको जस्तो लाग्छ। यो नतिजाले डाइनासोर पृथ्वीबाट कसरी विलुप्त भएको थियो भन्ने प्रमाणित गर्ने  सिद्धान्तलाई पनि समर्थन गर्दछ।

सल्फरको पानीमा घुल्ने र हावामा मिसिँदा मौसम निकै चिसो भएको थियो होला पनि भन्न सकिन्छ। मौसम धेरै चिसो भएकाले हरेक प्रकारका बोटविरुवा र जनावरका लागि जीवत रहन निक्कै कठिन भएको हुनसक्छ। 

प्रोफेसर गुलिक भन्छन्-'यस प्रक्रियाबाट निस्किएको सल्फरको मात्राको अनुमान ३२५ गिगा टन छ। यो क्र्याकटोआ जस्तो ज्वालामुखीबाट निस्कले खालको मात्राभन्दा निकै धेरै छ। क्रकाटोआबाट निस्कने सल्फरको मात्राले पनि मौसमलाई निकै चिसो बनाउन सक्छ।' स्तनधारी यस विपद्‍बाट उम्किए तर डाइनासोर यसको प्रभावबाट बच्न सकेन । 
ज्वालामुखीको असरले पृथ्वीमा जीवन नै बदलिदियो
१२ किलोमिटर चौडाको उल्कापिण्‍ड, जसले पृथ्वीको धरातलमा १०० किलोमिटर चौडा र ३० किलोमिटर गहिरो प्वाल, दुलो खाल्डो बनाइदियो।
यसबाट २०० किलोमीटर चौडा र केही किलोमिटर गहिरो ज्वालामुखी मुखजस्ता खाडल बन्यो। आज ती अधिकांश ज्वालामुखी जस्ता खाडलहरू समुद्रमा विलिन भएका छन्। जमिनमा यो लाईमस्टोन अर्थात् चुनढुंगाले ढाकिएका हुन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.