|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन्।  

इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै नेपाल यतिबेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताएका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महìवका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन्। त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु।”

उनले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन्।  “एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएका छौँ। यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ,” ओलीको सन्देशमा भनिएको छ, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रूपमा अथ्र्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए तर हामीले त्यस्ता दुस्प्रयासलाई परास्त गरिसकेका छौँ ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.