|

ताप्लेजुङ : लागुऔषध खैरो हिरोइनसहित ताप्लेजुङमा एक युवक पक्राउ परेका छन्। पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखाबाट इलामका २४ वर्षीय विवेक लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो। 

उनको साथवाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए। खड्काका अनुसार खानतलासीका क्रममा विवेकको साथबाट लागुऔषध फेला परेको थियो। बुधबार पक्राउ परेको उनलाई कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

यसैबीच, २५ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका एकजनालाई कारागार चलान गरिएको छ। फुङलिङ नगरपालिका–४ कोप्चेबाट पक्राउ परेका मेगराज हाङ्गामलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो। गत जेठ २५ गते पक्राउ परेका हाङ्गामलाई बिहीबार जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.