|

रौतहट : रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरहामा बिहीबार साँझ तीन जना बालिकाको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही गाउँ निवासी बृजनन्दन यादवको १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साह को ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए। 

इशनाथ नगरपालिका वाड नं. १ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका तीन बालिकाको ज्यान गएको हो।   खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साझ सम्म पनि घर नफर्किए पछि अभिभावक ले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवस्थामा फेला परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.