|

चितवन : चितवनमा अहिलेसम्म एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यलय चितवनले जनाएको छ। 

स्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल इन्सपेक्टर रामकुमार केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा सात हजार १७८ जनाको परीक्षण गरिएकोमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ। संक्रमितमध्ये ६० प्रतिशत पुरुष रहेका छन्।

भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य विभिन्न अस्पतालहरुमा अहिले भाइरल ज्वरोलगायत डेंगुसँग लक्षण मिल्ने सयौं बिरामीहरुको घुइँचो लागेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, १०, १४ लगायतका विभिन्न वडा जिल्लाको सबैभन्दा बढी डेंगु प्रभावित क्षेत्र हो।

विषेगरी व्यस्त रहने नारायणगढ, पोखरा बसपार्क क्षेत्रमा कवाडी सेन्टर, ग्यारेज, अटो सेन्टर रहेकाले यस क्षेत्रमा बढी डेंगु संक्रमित फेला परेका छन्। नारायणगढस्थित कमलनगरमा रहेको नवीन सर्भिस सेन्टरका आधा दर्जनभन्दा कामदारलाई डेंगु लागेपछि सेवा प्रभावित भएका छन्। यहाँका हरेक घरमा डेंगुका बिरामी रहेका छन्।

यसैबीच भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई एक हजार किट उपलब्ध गराएको छ। डेंगुले महामारीको रुप लिएपछि किट अभाव हुँदा बिरामीको उपचार नै प्रभावित भइरहेको अवस्थामा महानगरपालिका प्रमुख रेणु दाहालले अस्पतालका मेडिकल सुपरिटेन्डन्ट श्रीराम तिवारीलाई किट हस्तान्तरण गरेका हुन्।

अस्पतालमा दैनिक करिब २०० किट आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ। 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.