|

ओखलढुंगा : सिद्धिचरण नगरपालिका-१० मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। सिद्धिचरण नगरपालिका-१० निवासी टेकप्रसाद धमलाको  घर आगलागीबाट नष्ट भएका हो।

बिहान ८ बजे आकस्मिकरूपमा लागेको आगोबाट घर पूर्णरूपमा जलेको छ भने घरभित्र रहेको अन्‍न, लत्ताकपडासहित २० हजार नगद पनि जलेको पीडित धमलाले बताए। बिहान ८ बजेबाट सरु भएको आगलागी नियन्त्रणका लागि ९ बजे मात्रै प्रहरीलाई जानकारी भएको र जानकारी पाउनासथ प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्र्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

आगलागीबाट घरमा भएको अन्‍न, लत्ताकपडा, केही सामान पनि निकाल्न नभ्याएको र घर पूर्णरूपमा क्षती भएको उनको भनाइ छ। प्रहरीका अनुसार आगलागीबाट करीव ६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.