|
फाइल फोटो

पर्सा : पर्साको गण्डकबाट लागुऔषध लिएर पैदल हिँडिरहेका एक लागुऔषध कारोवारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको वीरगन्ज महानगरपालिका-१५ का ३७ वर्षीय इन्द्रकुमार मानन्धरलाई पैदल नै लागुऔषध लिएर गन्तव्यतर्फ जाँदै गरेको समयमा पर्सा प्रहरी टोलीले गएराति पक्राउ गरेको हो। 

सवारी चेकजाँचमा प्रहरीले कडाइ गर्न थालेपछि लागुऔषध दुर्व्यसनी र कारोवारी पैदल हिँड्न थालेको छन्। मानन्धर पनि प्रहरीको आँखा छल्ने अभिप्रायले पैदलनै वीरगंज महानगरपालिका १४ गण्डक पार गर्ने क्रममा प्रहरीको फन्दामा परेको खुलेको छ।

विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका मनान्धरलाई चेकजाँच गर्दा तयारी अवस्थाको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ४५० थान फेला परेपछि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। पछिल्लो समयमा लागुऔषधसहित पक्राउ पर्ने अधिकांश पैदल नै हिँड्दै गरेको अवस्थामा भेटिन थालेको समयमा उनी पनि सोही अवस्थामा पक्राउ परेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.