|

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशमा हुने भुक्तानीका लागि वैकल्पिक व्यवस्था प्रयोग गर्न नेपाल इलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई निर्देशन दिएको छ। 
१० दिनअघि नेप्सको होस्टिङ र स्विचिङ सेवा अवरुद्ध भएपछि राष्ट्र बैंकले सूचना जारी गर्दै विकल्प खोज्न निर्देशन दिएको हो। 

वैकल्पिक माध्यमबाट रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन  भने नपाइने स्मरण राष्ट्र बैंकले गराएको छ। भुक्तानी वा रकमान्तर भएको रकम कार्डको सीमाबाट घटाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

 रेमिट्यान्स पठाउन भारतका विभिन्न स्थानमा रहेका रेमिट्यान्स कम्पनीले समेत यस्तो कार्ड बोक्नेलाई कार्डमा रहेको रकम सुनिश्चित गरी भारतीय रुपैयाँमा भुक्तानीको व्यवस्था गर्दै आएका छन्। 

वैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा ७ दिन भित्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको छ। १० दिन अघि बैंकले सेवा अवरुद्ध हुनु अघि जारी गरिएको प्रिपेड, डेबिट वा क्रेडिट कार्डमा बाँकी रहेको पैसा निकाल्न वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.