|
फाइल फोटो

इटहरी : बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुन लागेको एमबिबिएस परीक्षाको रिजल्ट सार्वजनिक नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। उच्चले प्रतिष्ठानको प्रवेश परीक्षा लिन तर नतिजा भने सार्वजनिक नगर्न शुक्रबार अन्तरिम आदेश दिएको हो।

शनिबार हुन लागेको परीक्षामा अदालतले स्थगित नगरी तत्काल रिजल्ट मात्र स्थगित गर्न भनेको हो। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रवेश परीक्षा लिन तर नतिजा, भर्ना समेतका बाँकी प्रक्रिया अघि बढाउने कार्य नगर्न/नगराउन आदेश दिएको हो।

 ‘परीक्षाका लागि सबै पूर्व तयारी भई परीक्षाको अन्तिम अवस्थामा रहेको र परीक्षाका लागि विभिन्न ठाँउबाट विद्यार्थी आइसकेको अवस्था समेतलाई विचार गरी सुविधा र सन्तुलनका हिसाबले दृष्टिगत गर्दा अन्तिम सुनुवाई हुँदा ठहरे बमोजिम हुने गरी भोली हुने प्रवेश परीक्षा लिने बाहेकका रिजल्ट, भर्ना समेत बाँकी प्रक्रिया अघि बढाउने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ' अन्तरिम आदेशमा भनिएको छ।

बिक्की कुमार राय समेतले दायर गरेको रिटमा प्रतिष्ठानले प्रचलित कानुन मिचेर प्रवेश परीक्षा लिन खोजेको जिकिर गरिएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १६ उपदफा ३ र दफा १७ उपदफा ७ मिचेको आरोप रिटमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.