|
फाइल फोटो

हेटौंडा : प्रदेश ३ मा संविधान दिवस भव्यताको साथ मनाउन प्रदेश सरकारले तयारी तीव्र बनाएको छ। प्रदेश ३ को राजधानी हेटौंडामा संविधान दिवसको दिन असोज ३ गते ५ हजारभन्दा मानिसलाई उतारेर बृहत कार्यक्रम गर्ने तयारी गरेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।

संविधान दिवसको अवसरमा प्रदेश ३ ले साताव्यापी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गर्ने तयारी गरेको प्रचारप्रसार उपसमितिका संयोजक तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बताए।

६ वटा उपसमिति

प्रदेश सरकारले संविधान दिवस बृहतरूपमा मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ६ वटा उपसमिति गठन गरिएको छ।  बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रदेशका पत्रकारसहित प्रचारप्रसार उपसमिति गठन गरेको छ  भने सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यवस्थापन उपसमिति गठन गरेको छ।

त्यस्तै, प्रदेशका मुख्य न्यायाधीवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको  मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।  

राजधानी भरि भण्डैभण्डा

संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भण्डै झण्डाले सजाउने तयारी गरिएको  प्रचारप्रसार उपसमितिका संयोजक तथा मन्त्री जम्कट्टेलले बताए। 'प्रदेशका सबै सार्वजनिक कार्यालयमा झण्डा अनिवार्य राख्नेछौं भने शहरका मुख्य स्थानहरुमा पनि संविधानले तोके अनुसारको आकारमा भण्डा राख्ने तयारी गरेका छौं' उनले भने, 'यस्तै प्रत्येक नागरिकको घरमा भण्डा राखी दिपावली गर्न पनि आग्रह गरेका छौँ।'

मन्त्री जम्मकट्टेलले देशकै ऐतिहासिक स्मारक मकवानपुरगढीमा नेपालको विशाल झण्डाको झण्डोत्तोलन गरिने भएको छ। दिवसको अवसरमा दीपावली, हर्सबढाइँ कार्यक्रम, विभिन्न धार्मिकस्थलमा दीप प्रज्ज्वलन, प्रभातफेरि, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान गरिने भएको छ।

५ हजारभन्दा नागरिकको सहभागिता

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख एवं राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति संयोजक रघुनाथ खुलालले प्रदेश ३ ले सरकारले आयोजना गर्ने संविधान दिवसको बृहत सभामा ५ हजारभन्दा धेरै मान्छे हुने दाबी गरेका छन्। उनले हेटौंडासहित प्रदेश भरका विभिन्न स्थानबाट सहभागिता हुने भन्दै मकवानपुरका जनप्रतिनिधि, हेटौँडाका विभिन्न टोल विकास संस्था, युवा क्लब, विद्यालय, सामाजिक संघ संस्थालाई आह्वान गरिसकेको समेत बताए। उनले संविधान दिवस उल्लासमय र हर्स साथ मनाउनु पर्ने भन्दै प्रदेश भरीकै राजनीतिक दलहरू, जनप्रतिनिधिहरूसँग समन्वय गरिरहेको र तयारीको लागि आग्रह गरेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.