|

संखुवासभा : जिल्लाको मकालु गाउँपालिका १ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरमा मुआब्जामा विवाद भएको छ। 

आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी दुई लाख मुआब्जा दिएर आठदेखि १० लाख मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयले विरोध जनाएका छन्। आयोजनाले स्थानीयलाई पाखोबारीको प्रतिरोपनी एक लाख ५० हजार र बारीको प्रतिरोपनी २ लाख र मुआब्जा दिएको थियो। 

मकालु १ मा ९७.२ मेगावाटको इसुवाखोला हाइड्रोपावर हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले निर्माण गरिरहेको छन्। आयोजनाले स्थानीयलाई ढाटेको भन्दै अदालत जाने बताएका छन्। 

हाइड्रोपावरले स्थानीय दुई लाखमा लिएर जग्गा मालपोत कार्यालयमा हेर्दा प्रतिरोपनी ८ देखि १० लाखसम्ममा रजिस्ट्रेसन पास गरेको पाइएको मकालु–१ का स्थानीय कुसाङदोर्ची शेर्पाले जानकारी दिए। उनले भने ६ हजार ३९० वर्गमिटर बारी हाइड्रोपावरलाई भनेर दिएको थियो। तर अहिले मालपोतमा आएर हेर्दा धरान उपमहानगरपालिका १ घर भएका जितेन्द्र श्रेष्ठको नाममा पास भएको पाइएको गुनासो गरे। 

धरानका श्रेष्ठ आयोजनाका फिल्ड म्यानेजर भएको उनले बताए। आयोजनाको अधिकांश जग्गा श्रेष्ठकै नाममा पास भएको पाइएको छ। हाइड्रोलाई दिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको पछि स्थानीयले केही दिन अघि जिल्ला प्रशासन कार्यालय खाँदबरी र जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। 

हाइड्रोले स्थानीयलाई एउटै स्थानमा भएको जग्गालाई फरक फरक मूल्यको दिएको आरोप लगाए। हाइड्रोलाई कुसाङदोर्ची शेर्पाले ४२० वर्गमिटरको एक लाख मुआब्जा पाए। तर उनकै छिमेकी मनमाया राईलाई भने २४० वर्गमिटरको एक लाख मात्र दिएको भन्दै गुनासो गरे।

स्थानीयले एउटै जग्गाको फरक–फरक मूल्य दिएको स्थानीयको आरोप छ। मकालु गाउँपालिकाको आमराङदेखि इसुवाखोलासम्म सडकको मुआब्जा प्रतिरोपनी एक लाख दरले दिने भनिए पनि कतिपयले अझै मुआब्जा नपाएको बताएका छन्। आयोजनाले स्थानीयलाई कम मूल्य दिएको जग्गा मालपोत कार्यालयमा भने सोही जग्गाको बढी मूल्य राखेर पास गरेको पनि पाइएको छ।

निर्माण कम्पनीले स्थानीयलाई जानकारी र मुआब्जा नदिएको, केही स्थानको दिएको भए पनि विभेदपूर्ण तरिकाले दिइएको, हाइड्रोको पेनस्टक पाइप लैजाने स्थानका जग्गाको मुआब्जा नदिएको, सार्वजनिक सुनुवाइ नगरेको, इआइए नेपाली भाषामा प्रस्ट पारेर स्थानीयलाई नबुझाएको र सडकले काटेको जग्गाको मुआब्जा नदिएको मकालु समाजका अध्यक्ष नुर्व शेर्पाले बताए। 

स्थानीयको माग तत्काल सम्बोधन नभए निर्माण कार्य ठप्प पार्न अध्यक्ष शेर्पाको भनाइ छ। उनले गाउँमाथिबाट हाइड्रोको पेनस्टक पाइप ल्याउने योजना रहेको बताए। उनले केही गरी पाइप फुटेमा वा लिकेज भएमा कम्तिमा ६० घर बगाउने खतरा रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.