|
फाइल फोटो

सोलुखुम्बु : जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ। बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प बनेको हो।

पर्यटकीय सिजनसमेत भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्यरुपमा आवतजात सुचारु गरेका छन्। तर खच्चड र घोडाको लागि पूर्णरूपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिइन्। यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुदै लुक्ला जान्छन्।

पर्यटकको लागि आवश्यक खाद्यन्नको सामान तथा लत्ताकपडासमेत खच्चड र घोडाको प्रयोग गरि ढुवानी गरिन्छ। सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडानै हो। तर तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन्।

खुम्बु क्षेत्रका लागिसमेत खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ। तर, बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताए। शेर्पाले स्थानीय तहलाई तत्कालै वैकल्पिक व्यवस्था गर्नसमेत माग गरे।

यसैबीच, बाढीले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्याङ्कीसमेत बगाएको छ। बाढीले विद्युतको पाईप र ट्यांकी बागाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजनसमेत हेर्न नपाएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.