|

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुरको राते खोलामा डुबेर मृत्यु भएको छ। खोलामा डुबेर खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ वर्षीय दिलीप थापाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।

निर्माणाधीन अरुण तेस्रोको ड्याम साइड मकालु गाउँपालिका–५ मा कार्यरत मजदुरको शनिबार पौडी खेल्ने क्रममा अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। थापाको शव सदरमुकाम खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। थापाको शव सदरमुकाम खाँदबारीबाट परिवारको जिम्मा लगाइने जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.