|

सिन्धुपाल्चोक: भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि प्रयोगमा ल्याइएको छ।   जिल्लाका वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।यी भवनको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताए। 

सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताए। सांसद सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गरे। अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.