|

सोलुखुम्बु : साइकल यात्री जीतकुमार साह सगरमाथा आधार शिविर पुगेका छन्। जनकपुरबाट यात्रा सुरु गरेका साइकल यात्री साह शुक्रबार १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका हुन्।

भदौ ९ गते यात्रामा निस्केका शाह शुक्रबार बिहान ९ बजे साक्षकलसहित पुगेको यात्री साहले आधार शिविरबाट जानकारी दिए। उनी गत बिहीबार सोलुखुम्बुको सल्लेरी आइपुगेका थिए। शाह काठमाडौं, दोलखा, उदयपुर, ओखलढुंगा  हुँदै सोलुखुम्बु आएका हुन्।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने उद्देश्यका साथ साइकल यात्रा गरेको साहको भनाइ छ। 'तराई, पहाड, हिमाल हाम्रो मातृभूमि नेपाल' भन्ने मूल नाराका साथ साइकल र नेपालको झण्डासहित निस्केको यात्राले नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने उनको दावी छ।

हिमाल, पहाड र तराई बीचको आपसी सम्बन्धसमेत प्रगाढ हुने उनको विश्वास छ। साइकलमै एभरेष्ट बेस क्याम्पसम्म पुगेका ३१ वर्षीय साहले आगामी बैशाखमा साइकलसहित सगरमाथा आरोहण गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.