|

दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताए।

दाङको तुलसीपुरमा रहेको विपीको पूर्णकदको शालिक अनावरण कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्व दुई तिहाई सरकार अहिले अधिनायकवादतर्फ उन्मुख भएको बताएका हुन्।

सभापति देउवाले अधिनायकवादविरुद्ध प्रजातन्त्रप्रति आस्था राख्ने सबै शक्ति एक भई जानु पर्ने बताए। उनले भने, 'कम्युनिष्ट शासकहरू अधिनायकवादी हुन्छन्.भन्ने सुनेका थियौं। त्यो अहिले हामीले भोग्दैछौं।' उनले मिडियामा सरकारले अंकुस लगाउन आाटेको पनि बताए। उनले मिडियालाई ऐन नियमका नाममा अंकुस लगाउन नहुने भन्दै यो गर्न खोजिए कांग्रेस चुप लागेर नबस्ने बताए।

सरकारले मिडिया क्षेत्र मात्रै होइन नागरिकलाई करको भारी बोकाउने गरेको, शान्तिपूर्ण कार्यक्रम गनरिरहेका बेला साँघातिक आक्रामण गर्ने, स्वतन्त्ररुपमा बोल्न नदिने काम गरिरहेको उनले दावी गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बाँकेमा कांग्रेस नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने दोषीलाई कार्बाही नहुँदासम्म संसद चल्न नदिने समेत बताए। उनले बाँके कांग्रेस सभापति किरण कोइराला सहितका नेता तथा कार्यकर्तामा नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गर्ने दोषीलाई कार्वाही हुनु पर्ने बताए। 

'हामी लोकतन्त्रमा विश्वास गर्छाैं। सत्ताको आडमा लोकतन्त्रको धज्जी उडाउँदै छाैं' , उनले भने, 'नेपाली कांग्रेसले शान्तिपूर्ण जागरण कार्यक्रम गरिरहेको छ। नेपाल कम्युनिष्ट पार्टीले सत्ताको दुरुपयोग गरिरहेको छ। मुलुकमा प्रजातन्त्रमाथि आक्रमक भइरहेको छ। पार्टीमा चुनौति आएको छ। यसबेला सबै एक भएर लाग्नु पर्छ।'

नेपाली काग्रेसका सभापति देउवाले वाइडबडी प्रकरणमा आफू संलग्न नरहेको समेत बताए। नेपाल प्रेस यूनियन दाङले शनिबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडीका बिषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ भन्दै त्यसमा मेरो संलग्नता छ भन्नु आँफैमा मजाग भएको बताए।

एनसेल र वाइडबडी काण्डमा जोडिएको बारेमा सभापति देउवाले, ‘वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्डमा दोषीलाई कारवाही हुनुपर्छ भनेर मैले नै  पहिलो पटक आवाज उठाएको हुँ,’ उनले भने, 'कम्युनिष्टको दुई तिहाइको सरकार छ किन छानविन गर्न सक्दैन?' 

त्यसैगरी एनसेलको मैले नाम पनि सुनेको छैन, भन्दै प्रेस स्वतन्त्रको आफूले सम्मान गर्ने भन्दै उनले सत्य तथ्य कुरा लेख्न पत्रकारलाई आग्रह गरे। 

‘मैले काम चलाउ मात्रै तोकेको हुँ। अहिले मुख्यमन्त्री पनि दाङकै हुनुहुन्छ। उहाँहरुको दुई तिहाई बहुमत छ अब सारे हुन्छ नि । कस्ले छेक्या छ र ?’ उनले भने । काग्रेसका सभापति देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताए। उनले पार्टीमा छलफल नै नभएको कुरामा काग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता बाहेक अरु केही नभएको बताए।

‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन। कांग्रेस राजा फर्काउन लागेको छ भन्ने कुरा वाइह्यात हो’, उनले भने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.