|

 

उसलाई मालिक बनाउनु बेवारिसबाट

आदेश भएको छ माथि न्यायाधीशबाट

 

महँगीको दर्खास्तलाई मध्यनजर गर्दै

पाँच बनायौँ हामीले अब पैँतालीसबाट

 

घुस मागी खानेप्रति दया गर ए जनता !

दयापूर्वक ठोक गोली निकालेर अफिसबाट

 

ठीक छ, विवेक छैन तर अपराध गर्दैन

विकसित भएको हो बाँदर मानिसबाट

 

न्यानो परिवेश देऊ क्षमतालाई मभित्रको

निस्कियो आवाज ओसिएको माचिसबाट ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.