|

चितवन : भारतीय ट्रकको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ। राप्ति नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरापलिका–४ मार्तल पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यु पी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले सरोज सवार ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिवार राति ९ः५० बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार राप्ति नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.