|

पाल्पा :  स्याङ्जाको गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका छन्। शनिबार राति भएको मतगणनामा  २ सय २५ मत प्राप्त गरी उनी अध्यक्ष पदमा विजयी  भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी ध्रुव श्रेष्ठले २ सय १५ मत गरेका छन्। अर्याल १० मतले विजयी भएका हुन्। अर्याल वाम गठबन्धन र श्रेष्ठ लोकतान्त्रीक गठबन्धनबाट प्रतिस्पर्धा गरेका थिए।

 वाम गठबन्धनबाट अध्यक्षसहित कोषाध्यक्ष र २ सदस्य र लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष सहित ३ जना सदस्य पद हात परेको छ। वरिष्ठ उपाध्यक्षमा इन्द्र प्रसाद अधिकारी विजयी भएका छन्। उनले २ सय ३२ मत प्राप्त गरेक छन्। अधिकारी लोकतान्त्रीक प्यानलबाट जितेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी वाम गठबन्धनका हेमा कुमारी तराङ (सामान) ले १ सय ८१ मत प्राप्त गरेकी छन्। उपाध्यक्षमा लोकतान्त्रिक समूहकै बाबुराम पाण्डेले २ सय १७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् विष्णुप्रसाद पाठकले २ सय ११ मत प्राप्त गरेका छन्। 

 महासचिवमा लोकतान्त्रिक प्यानलका कृष्ण प्रसाद भट्टराइले २ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी रामप्रसाद सापकोटाले १ सय ५५ मत प्राप्त गरेका छन्। सचिवमा उमा श्रेष्ठ निर्वाचति भएकी छन्। उनले २ सय ५३ मत प्राप्त गरेकी छन्। उनका निकटतम् गणेश अधिकारीले १ सय ७५ मत प्राप्त गरेका छन्।

यस्तै कोषाध्यक्षमा बलराम श्रेष्ठले २ सय १४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेत्रलाल भूषालले २ सय ९ मत प्राप्त गरेका छन्। सह–कोषाध्यक्षमा होमलाल भट्टराई २ सय २८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी दुर्गा वहादुर थापा शिरषले १ सय ९३ मत प्राप्त गरेका छन्।

यस्तै सदस्यहरुमा अर्याल समुहका हुमकान्त पाठक, चिन्तामणी अर्याल, गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषि बस्याल निर्वाचित भएका छन्।  कुल ४ सय ७० मत रहेको रहेको संघको निर्वाचनमा ४ सय ४५ मत खसेको थियो।

गल्याङ उद्योग वाणिज्य संघलाई सबै उद्योगी व्यापारीको साझा संस्था बनाउने नवनिर्वाचित अध्यक्ष अर्यालले प्रतिवद्धता गरे। युवालाई बजार सुहाउदो उद्यमी तथा व्यावसायी बनाउने खालका कार्यक्रम संचालन गर्नेछु उनले भने उपभोक्ता र व्यापारीबीचको सम्बन्धलाई सुमधु बनाउने प्रयत्न गर्नेछु। गल्याङ नगरपालिको संस्कृति र पर्यटन प्रवर्दनका लागि संघले विशेष प्राथमिकता दिने नवनिर्वाचत अध्यक्ष अर्यालको भनाइ छ।  युवा उद्यमी अर्यालले पाल्पाको तानसेनमा होण्डा स्वरुम, गल्याङमा मोटरपार्टस् व्यावसाय गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.