निर्माण व्यवसायीले पाएनन् भुक्तानी

|

गुल्मी :  सरकारी कार्यालयको निर्माण सकिएर भवन सिगारिएर चिटिक्क पर्दा कार्यलय नै खारेज भएको छ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९  उपल्लो तम्घासमा नव निर्मित महिला तथा बालबालिका कार्यालयको भवन  यति बेला निर्माण सकेर बस्न योग्य भएको बेला अब को बस्ने र कसले संंचालनमा ल्याउने भन्ने बारेमा अन्योलता छाएको छ। 

महिला तथा वाललालिका कार्यालय गुल्मीका लागि निर्माण गरिएको भवन संघियता कार्यन्वयनमा आएसँगै कार्यालय नै खारेज भएपछि भवन अलपत्र अबस्थामा देखिएको छ। हालै सम्पन्न भएको नव निर्मित भवन कसले र केका लागि प्रयोजनमा ल्याउने भन्ने बारेमा पनि अन्योलमा छ।

पटक पटक सम्म हाल निर्माण भएको भवनमा जाने मोटरबाटोको विवादा बाबजुत पछिल्लो समयमा स्थानीय र तत्कालिन महिला तथा बालबालिका कार्यलय गुल्मीकी प्रमुख प्रतिभा पन्थीको समन्वयमा विवाद समाधान भएको थियो।  दुई पटक सम्म भबन निर्माणका लागि बिनियोजन भएको रकम सोही बाटो लैजाने विवाद कारण रकम फ्रिज भएको थियो। हाल महिला तथा बालवालिका हेर्ने गरि जिल्लाका १२ बटै स्थानीय तहमा महिला तथा बालबालिका शाखा रहेका छन्। 

निर्माण ब्यवसायी नै धरापमा

शुनिल समिर निर्माण कम्पनी तम्घास गुल्मीले ०७४ सालमा निर्माणको जिम्मा पाएको थियो। भवन डिभिजन कार्यालय पाल्पाले हेर्ने गरि १ करोड ७३ लाख ६१ हजार ५ सय ७४ रुपैयाँको कुल लागतमा निर्माण निर्माणको जिम्मा पाएको निर्माण ब्यवसायीले २०७६ असार मसान्तमा सम्पन्न गर्नुपर्ने अवधि पाए पनि समय अगाबै निर्माण कार्य संपन्न भएको व्यवसायी बताउँछन्।  

निर्माण कम्पनीले १ करोड १६ लाख रकम पाउनु पर्ने, निर्माण सम्पन्न भएपनि नपाएको निर्माण कम्पनीका नारायण पोखरेलले बताए। सम्झौता अनुसार काम सम्पन्न भएर भुक्तानीकै लागि विभागमा पेस गरेपनि हालसम्म रकम नपाएको भन्दै पोखरेलले दुःख पोखे।

बहुवर्षिय ठेक्का मार्फत निर्माण भएको भवन कस्ले जिम्मा लिने भन्ने बारे पनि हाल आएर सो भवन जिल्ला समन्वय समिति गुल्मीको मातहतमा रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए।  पराजुलीका अनुसार साबिकको महिला तथा बालबालिका कार्यलयमा रहेको जिन्सी सामानहरु स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको र नबनिर्मित भबन समन्वय मातहत रहेको र सो  भवन निर्माण बापतको रकम निर्माण ब्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले संघिय सरकार र प्रदेस सरकारसँग पहल गरिएको दाबी गरे।

निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपनि सम्झौता अनुसारको भूक्तानी नपाएका कारण भवन अन्य प्रयोजनमा ल्याउनको निम्ति पनि समस्या रहेको बताउदै भबन हस्तान्तरण पश्चात सरकारी कामकाजमै प्रयोगमा आउने पराजुलीको दाबी छ। 

भवन निर्माण कार्य सम्पन्न भएपश्चात हाल रङ्ग रोगन गरेर चिटिक्क पारेर ताल्चा मारेर  भवनलाई बन्द अबस्थामा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.