|

बैतडी : रोजगारीको शिलशिलामा भारतको कर्नाटकमा रहेका एक नेपाली युवकको पानीको ट्यांकीमा खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भई हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका छन्।

गएराति ड्युटी सकेर डेरातर्फ फर्किने क्रममा पानी ट्यांकीमा खसेर जोशीको मृत्यु भएको त्यहाँबाट सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए।

मृतक जोशी १ महिनाअघि मात्रै रोजगारीको लागि भारत गएका थिए।  युवकको शव परीक्षणपश्चात भारतमै दाहसंस्कार गरिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.