|

काठमाडौं : भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फरक मत दर्ता गराएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ भएका संशोधनमाथि कांग्रेसले फरक मत दर्ता गराएको हो। भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरू जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो।

विधेयकको दफा १२ (ख) को प्रतिबन्धात्मक वाक्यांश, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको दफा २ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको (१) र (२) तथा सो माथि विधायन व्यवस्थापन समितिबाट थप गरी पारित भएको व्यहोरा बेठीक भएको भन्दै कांग्रेस सांसदहरूले उक्त निर्णयमा असहमति जनाएका हुन्। संशोधन गर्ने निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को हदबन्दीसम्बन्धी मूल मर्म र उद्देश्यमाथि नै प्रहार भएकाले यो असहमति दर्ता भएको काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जनाएको छ।

समितिले दफा ५९ (क) थप गरी गौचरण समेतको जग्गा विविध प्रयोजनका लागि दिने  र गौचरण समेतको जग्गा मास्ने, नास्ने गरी भएको संशोधनलाई स्वीकार गर्ने गरी भएको विधायन व्यवस्थापन समितिको बहुमतको प्रतिवेदनमाथि पनि काङ्ग्रेसले असहमति जनाएको छ। यो प्रक्रियाबाट गौचरण जस्ता खुला सार्वजनिक जग्गा नासिने भएकाले फरक मत दर्ता गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.