रकम निकासा नभएको दोष कर्मचारमाथि

|

जनकपुरधाम : गत आर्थिक वर्षमा योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि अध्ययन गर्न प्रदेश १ प्रदेशसभाले समिति गठन गरिएको छ।

सभामुख सरोज कुमार यादव सभापति र उपसभामुख उपमा देव उपसभापति रहने गरी आइतबार समिति गठन गरिएको हो। समितिमा सांसदहरू नागेन्द्र राय यादव, सन्चमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, भौतिका पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य छन्।

समितिले गत आर्थिक वर्षमा सम्पन्न भएको योजनाको भुक्तानी हुन बाँकी रहेको कामसँग सम्बन्धित कागजात अध्ययन गर्ने जनाएको छ। साथै उक्त समितिले भुक्तानी नहुनुमा कसैको बदनियत वा गैरजिम्मेवारी रहेकालाई कारबाहीको सिफारिस गर्नेछ। यस्तै, सम्पन्न योजनाको कार्यको परिमाण एकीन गर्ने जनाएको छ।

समितिलाई १५ दिनको म्याद दिएको छ। समितिले योजनाको आवश्यकताअनुसार स्थगतल निरीक्षण, अनुगमन तथा अन्तरक्रियासमेत गर्ने भनिएको छ।

योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएको भन्दै सत्तारूढ राजपा र प्रतिपक्ष कांग्रेस तथा नेकपाका सांसदले सदन नै अवरुद्ध गरेको थियो। उनीहरूले रकम निकासाको जवाफ सरकारसँग मागेका थिए।

राजपा सांसद विदेश्वर यादब (विक्की)का अनुसार करिब १ अर्बभन्दा बढीको योजना सम्पन्न भइसक्दा पनि रकम निकासा भएको छैन।

रकम निकासा नभएको दोष कर्मचारमाथि

मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेशमा सुशासन कायम हुन नसकेको दोष कर्मचारीमाथि थुपारेका छन्। आइतबार प्रदेशसभा बैकमा रकम निकासा नभएको सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको कमजोरीले सुशासन कायम गर्न समस्या भइरहेको बताए।

उनले कर्मचारीका कारण योजना सम्पन्न भइसक्दा पनि रकम निकासा हुन नसकेको जवाफ दिए। ‘शासन व्यवस्था फेरियो' उनले भने, 'तर, कर्मचारीको काम गर्ने शैली अझै फरिएको छैन।’ कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको उनको स्पष्टोक्ति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.