|

डडेल्धुरा : आइतबार राष्ट्रिय बालदिवस डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। डडेल्धुरामा रहेका विभिन्न शैक्षिक संस्था तथा विद्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका हुन्।

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय बालदिवस मनाइएको हो। नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेपछि प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा जिल्ला सदरमुकाममा बालश्रमको अन्त्य गरौँ, बाल हिंसा अन्त्य गरौँ, बाल अधिकारी सुनिश्चित गरौँलगायतका प्लेयकार्डसहितको र्‍याली निकालिएको थियो। माउन्टेन मावि बागबजारका विद्यार्थीले र्‍याली निकालेका हुन्।

डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालय खलंगाले नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। दिवसका अवसरमा अमरगढी नगरपालिका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो।

चित्रकला प्रतियोगीतामा अमरगढी नगरपालिकाभित्रका १८ विद्यालयको सहभागीता रहेको विद्यालयका शिक्षक अशोक बमले जानकारी दिए।

प्रतियोगीमा माउण्टेन मावि बागबाजर पहिलो, जनप्रिय पब्लिक बार्डिङ स्कुल  द्धितीय,  एइबी स्कुल बागबजार तृतीय र भागवती मावि सान्त्वना भएको शिक्षक बमले बताए। प्रतियागीतमा क्रमस प्रथम, द्धितीय, तृतीयले क्रमशः एक हजार, सात सय, पाँच सय र तीन सय प्राप्त गरे।

यस्तै जिल्ला सदरमुकाममै जनप्रिय पब्लिक बार्डिङ स्कुलले पनि विभिन्न सांकृतिक कार्यक्रमका साथै म्युजिकल चेयर सम्पन्न गरेको प्रिन्सिपल मुकेश भट्टले जानकारी दिए। क्याम्ब्रिज बार्डिङ स्कुलले बालदिवसलाई भव्यताका साथ मनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.