|

क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ। आइतबार भएको खेलमा बार्बाडोस जमैकाको तालेवाजसँग ४ विकेटले पराजित भएको हो।

किङ्सटनमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८.३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। जमैकाको जितमा कप्तान चाडविक वाल्टनले ५१ रनको नटआउट अर्धसतकीय इनिङ खेले। यस्तै ग्लेन फिलिप्सले २८ रन बनाउँदा जाभिले ग्लेनले २७ तथा क्रिस गेलले २२ रन जोडका थिए। सन्दीप बार्बाडोसका लागि केहि महंगो सावित भए। उनले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए। योसँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन्। त्यस्तै  ह्याडेन वाल्स र जासन होल्डरले समान २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो। बार्बाडोसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाउनू सर्वाधिक रह्यो। त्यस्तै थप दोहोरो स्कोरका रुपमा लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले समान १२ रन बनाउँदा सन्दीप १० रन बनाएर अविजित रहेका थिए।

जमैकाका जाहिर खानले ३ विकेट लिए। यस्तै जर्ज वर्कर र रामेल लेविसले २–२ विकेट लिए। जितसंगै जमैकाले पहिलो जित निकालेको छ। जमैकाले ५ खेलमा २ अंक जोडेको छ। जमैका पुछारमा छ। बार्बाडोसको यो दोस्रो हार हो। बार्बाडोसले ३ खेलमा २ अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.